प्रविधि र सीप सिकाउँदै जलवायु मैत्री कृषि पाठशालाकाे समापन कार्यक्रम सम्पन्न
-
LR DHAKAL
- २०८० असार ३ आइतबार
अछाम । जिल्लाको कमलबजार नगरपालीका वडा नम्बर ३ बयालामा वाक नेपाल र वल्ड भिजन इन्टरनेशनल नेपालको सयुक्त साझेदारिमा सन्चालित एकीकृत उत्थानशिल जिविकोपार्जन र पोषण परियोजना अन्तर्गत जलवायु मैत्री कृषि पाठशालाकाे एक कार्यक्रमका बिच समापन गरिएकाे छ ।
जलवायुजन्य प्रकाेपबाट बालीहरुकाे संरक्षण गर्ने उद्देश्यले संचालन भएकाे जलवायु मैत्री कृषक पाठशाला प्रविधि र सीप सिकाउदै १६ हप्ता सम्म सञ्चालन गरिएकाे थियाे । १६ हप्ता सम्म भक्तपुर लोकल जातको काक्रा बालिमा जलवायु मैत्री कृषक पाठशाला सन्चालन गरिएको हाे । कृषि बालिलाइ रोगजन्य प्रकोप,सुख्खा खडेरी र अन्य जलवायुजन्य प्रकोपको बेला कसरी संरक्षण गर्ने, कुन प्रविधीको प्रयोग गर्ने भन्ने विषयमा छलफल गरियको थियो ।
बालिको सुरुदेखि अन्तिम सम्मको अवस्थामा बारीमा प्रत्यक्ष सङलग्न भै बालिलाइ गर्नुपर्ने संरक्षण, प्राङगारिक मल, झोलमोल बनाउने तरिका , बाली रोप्दाको दुरि , टनेल बनाउने तरिका, ब्याड बनाउने र बालिमा गर्नुपर्ने सम्पुर्ण कामका बिषयको बारेमा सहभागी २० जना कृषकहरुलाइ १६ हप्ता सम्म पाठशाला मार्फत जानकरी गराइएकाे थियाे ।
कमलबजार नगरपालीका वडा नम्बर ३ का वडा अध्यक्ष नन्दसिङ कुवरको अध्यक्षतामा भयको समापन कार्यक्रममा वाक नेपाल एकीकृत उत्थानशिल जिविको पार्जन र पोषण परियोजनाका कार्यक्रम सयोजक गोपिसिङ नेपाली लगाएत काे उपस्थिति रहेकाे थियाे । एकीकृत उत्थानशिल जिविको पार्जन र पोषण परियोजना का कार्यक्रम अधिकृत तपेन्द्र के सि ले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागिहरुको सिकाइ तथा अनुभव आदान प्रदान पनि गरिएकाे थियाे । जलवायु मैत्री कृषि प्रविधिकाे प्रयाेग गर्न र सीप सिक्न पाएकाेमा आफुहरुका लागी याे कार्यक्रम अति नै उपयाेगी भएकाे सहभागीहरुले खुशी ब्यक्त गरेका थिए भने पाठशालामा सहभागी २० जना कृषकहरुलाइ प्रमाणपत्र पनि प्रादान गरिएकाे थियाे ।
१६ हप्ता सम्म सञ्चालन भएकाे कृषि पाठशालाकाे सहजिकरण कृषि प्राबिधिक धुर्वा बडुवालले गरेकी थिइन् भने समापन कार्यक्रमको सन्चालन वाक नेपालका सामाजिक परिचालक खकेन्द्र बडुवालले गरेका थिए ।
-
LR DHAKAL
- २०८० असार ३ आइतबार
अपडेट
बाल समृद्धि तथा एकीकृत विकासका लागि सञ्चालित हातेमालो परियोजनाको वार्षिक प्रगति तथा समीक्षा कार्यक्रम सम्पन्न
विपद् जोखिम न्यूनीकरणमा समुदायको भूमिका विषयक वक्तृत्वकला विनायकमा सम्पन्न
बाढीपीडितको सहयोगका लागि पञ्चदेवल विनायक नगरपालिकाले ३३ लाख बढी रकम सहयोग गर्ने
रेडक्रस दिवसमा पञ्चदेवल विनायकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने
मलेसियामा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुँदै











