ad
समाचार

मलेसियामा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुँदै

  • पहाड खबर

  • २०८३ भदौ १० बुधबार

क्वालालम्पुर । सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको आयोजनामा आगामी ६ सेप्टेम्बर २०२६ मा क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुने भएको छ।


Advertisement

मलेसियामा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्नुका साथै सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र पहिचानलाई प्रवासमा संरक्षण तथा नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष दिनेश खड्का ‘खप्तडी’ ले जानकारी दिनुभयो।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री, पूर्व गृहमन्त्री एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री डा. भीमबहादुर रावलको उपस्थिति रहने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल राजदूतावास, मलेसियाको समेत विशेष उपस्थिति रहने बताइएको छ।

गौरा पर्व विशेष कार्यक्रममा बहुचर्चित नवउँदयमान गायक जे.आर. भट्ट, गायक जनकराज महरा तथा मलेसियामा रहेका स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ।

कार्यक्रममा टेकम पाण्डे ‘जिज्ञासु’, भक्त बी.सी., रमेश शेसी, बिरेन्द्र सुनार र काशी गुरुङ लगायतका कलाकारले प्रस्तुति दिनेछन्। त्यस्तै बिना तामाङ, भिम घलान तामाङ र डोम्साङ गोले तामाङको नृत्य प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान, कला र परम्परालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।

कार्यक्रम सफल बनाउन सहयोग, सहभागिता र उपस्थितिका लागि सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले सबै नेपाली समुदायमा अपिलसमेत गरेको छ।

ad
  • पहाड खबर

  • २०८३ भदौ १० बुधबार

सम्बन्धित खबर