रेडक्रस दिवसमा पञ्चदेवल विनायकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने
-

-
पहाड खबर
- २०८३ भदौ १८ बिहीबार
अछाम । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा अछामको पञ्चदेवल विनायक नगरपालिकामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ।
Advertisement
“मानवताको लागि एकबद्ध होऔँ (United in Humanity)” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामको निर्णयअनुसार पञ्चदेवल विनायक उपशाखाको आयोजना तथा पञ्चदेवल विनायक नगरपालिकाको सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
“विपद् जोखिम न्यूनीकरणमा समुदायको भूमिका” विषयमा केन्द्रित वक्तृत्वकला प्रतियोगिता भदौ १९ गते शुक्रबार बिहान ११ बजे पञ्चदेवल विनायक नगरपालिकाको सभाहलमा हुने रेडक्रस उपशाखाले जनाएको छ।
प्रतियोगितामार्फत विद्यार्थीहरूमा विपद् जोखिम न्यूनीकरण, मानवीय सेवा तथा समुदायको भूमिकाबारे जानकारी र जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको जनाइएको छ।
-

-
पहाड खबर
- २०८३ भदौ १८ बिहीबार
अपडेट
बाल समृद्धि तथा एकीकृत विकासका लागि सञ्चालित हातेमालो परियोजनाको वार्षिक प्रगति तथा समीक्षा कार्यक्रम सम्पन्न
विपद् जोखिम न्यूनीकरणमा समुदायको भूमिका विषयक वक्तृत्वकला विनायकमा सम्पन्न
बाढीपीडितको सहयोगका लागि पञ्चदेवल विनायक नगरपालिकाले ३३ लाख बढी रकम सहयोग गर्ने
रेडक्रस दिवसमा पञ्चदेवल विनायकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने
मलेसियामा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुँदै








