कमलबजार नगरपालिकामा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न
-

-
पहाड खबर
- २०८३ श्रावण ८ शुक्रबार
अछाम। कमलबजार नगरपालिकामा नागरिक आवाज र कर्तव्य (Citizen Voice and Action–CVA) सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न भएको छ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल र आस्था नेपालको साझेदारी तथा कमलबजार नगरपालिकाको समन्वयमा सञ्चालित हातेमालो बालकल्याण परियोजना अन्तर्गत शुक्रबार बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।
नगर उपप्रमुख शारदा बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले नागरिक आवाज र कर्तव्य (CVA) नागरिक सहभागिता अभिवृद्धि गर्ने प्रभावकारी सामाजिक जवाफदेहिता प्रणाली भएको बताउनुभयो। उहाँले नागरिकलाई आफ्ना अधिकारप्रति सचेत गराउनुका साथै कर्तव्यप्रति पनि जिम्मेवार बनाउने विश्वास व्यक्त गर्दै स्थानीय सरकार र नागरिकबीच सहकार्य, पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रवर्द्धनमा CVA ले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
बैठकमा नागरिक आवाज र कर्तव्य (CVA) को अवधारणा, उद्देश्य, कार्यान्वयन प्रक्रिया, स्थानीय तहमा यसको आवश्यकता तथा सेवा प्रवाहलाई नागरिकमैत्री, गुणस्तरीय र उत्तरदायी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय सरकारबाट प्रदान हुने सेवाको गुणस्तर सुधार, नागरिकको सक्रिय सहभागिता, सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोग तथा बाल अधिकार संरक्षणमा CVA प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरेका थिए।
CVA वल्र्ड भिजनद्वारा विभिन्न देशमा अभ्यास गरिएको नागरिक सहभागितामा आधारित सामाजिक जवाफदेहिता प्रवर्द्धन गर्ने विधि हो। यस प्रक्रियामार्फत नागरिक र सेवा प्रदायकबीच नियमित संवाद स्थापना गर्ने, साझा समस्या पहिचान गर्ने, समाधानका लागि संयुक्त कार्ययोजना तयार गरी कार्यान्वयन तथा अनुगमन गर्ने अभ्यास गरिन्छ। यसले स्थानीय तहमा पारदर्शिता, उत्तरदायित्व र नागरिकको विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आस्था नेपालका लोगराज ढकाल र नमबहादुर विष्टले सहजीकरण गर्नुभएको कार्यक्रममा नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरू, विभिन्न शाखाका शाखा प्रमुखहरू, बाल सञ्जालका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
-

-
पहाड खबर
- २०८३ श्रावण ८ शुक्रबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने










