ad
स्वास्थ्य

विनायक स्वास्थ्य चौकी किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

  • पहाड खबर

  • २०८२ फाल्गुण २८ बिहीबार

अछाम । सेभ द चिल्ड्रेन र वाक नेपालकाे साझेदारी तथा पञ्चदेवल विनायक नगरपालिकाको समन्वयमा सञ्चालित पावर परियोजना अन्तर्गत किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी अभिमुखीकरण तथा स्वास्थ्य संस्था प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ।


Advertisement

बिहिबार नगरपालिकाकाे सभाहलमा भएकाे एक कार्यक्रमका बिच वडा नम्बर २ स्थित विनायक स्वास्थ्य चाैकीलाइ किशाेर किशाेरी मैत्री स्वास्थ्य सस्था घाेषाणा गरिएकाे हाे ।

नगर प्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा आयोजित कार्यक्रममा उप–प्रमुख हर्क बहादुर रावल, विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख चलाउनेले किशोर–किशोरीलाई लक्षित गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्षम भएकोमा स्वास्थ्यकर्मी तथा सरोकारवालालाई बधाई व्यक्त गरिन् । उनले आगामी दिनमा नगरपालिकाभित्र रहेका अन्य स्वास्थ्य संस्थामा पनि यस्तै सेवा विस्तार गरी सेवा गुणस्तर अभिवृद्धि गर्ने आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी अभिमुखीकरणको प्रस्तुतिकरण पावर परियोजनाका कार्यक्रम संयोजक महादेव ओझाले गरेका थिए ।

यसै क्रममा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा रहेकाे स्वास्थ्य चाैकीलाइ किशोर–किशोरी मैत्री संस्था घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको छ।

कार्यक्रममार्फत किशोर–किशोरीहरूको स्वास्थ्य, परामर्श सेवा तथा उनीहरूको आवश्यकता प्रति संवेदनशील वातावरण निर्माण गर्न महत्वपूर्ण कदम चालिएको सहभागीहरूले बताएका छन्।

ad
  • पहाड खबर

  • २०८२ फाल्गुण २८ बिहीबार

सम्बन्धित खबर