ढकारीमा रास्वपा अछामका जिल्ला सभापति रावलमाथि हातपात, एक पक्राउ
-

-
पहाड खबर
- २०८३ जेठ १० आइतबार
अछाम — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछामका जिल्ला सभापति ओम प्रकाश रावलमाथि ढकारी गाउँपालिकामा हातपात भएको छ। शनिबार बेलुकी ढकारी बजार क्षेत्रमा रावलसहित रास्वपाका जिल्ला तहका नेतामाथि स्थानीय युवाको समूहले आक्रमण गरेको पार्टीका क्षेत्रीय सभापति जीवन तिमिल्सैनाले जानकारी दिएका छन्।
Advertisement
तिमिल्सैनाका अनुसार पार्टीको टोली बजार क्षेत्रमा रहेका बेला केही स्थानीय युवाले विवाद गर्दै आक्रमण गरेका हुन्।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय श्याम क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। अछामका प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालका अनुसार पीडित पक्षबाट जाहेरी प्राप्त भएपछि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ।
-

-
पहाड खबर
- २०८३ जेठ १० आइतबार
अपडेट
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मङ्लसेनमा बक्तृत्वकला हुने
कमलबजार नगरपालिकामा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न
पञ्चदेवल विनायकमा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी परिचयात्मक बैठक सम्पन्न
नागरिक आवाज तथा कर्तव्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम कुइकामा सम्पन्न
पञ्चदेवल विनायक–६ तोलीमा नागरिक आवाज तथा कर्तव्य समिति गठन










