ad
समाचार

माछापुच्छ्रे बैंक विनायक द्वारा धनवन्तरी मावि लाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

  • पहाड खबर

  • २०८३ असार २२ सोमबार

अछाम, असार २२ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेड, विनायक शाखाले अछामको पञ्चदेवल विनायक नगरपालिका–६, तोली स्थित धनवन्तरी माध्यमिक विद्यालयलाई करिब ८० हजार रुपैयाँ बराबरका शैक्षिक, खेलकुद तथा प्रशासनिक सामग्री हस्तान्तरण गरेको छ।

‎सोमबार आयोजित कार्यक्रममा आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका १५ जना जेहेन्दार विद्यार्थीलाई कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ। 


Advertisement



‎साथै विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि खेलकुद सामग्री तथा प्रशासनिक कार्यलाई सहज बनाउन आवश्यक दराज पनि विद्यालयलाई उपलब्ध गराइएको छ ।

‎माछापुच्छ्रे बैंक लिमिटेड, विनायक शाखाका शाखा प्रबन्धक शेरबहादुर खड्काले करिब ८० हजार रुपैयाँ बराबरका सामग्री विद्यालयलाई हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए। 

‎उनले वितरण गरिएका शैक्षिक सामग्रीबाट विद्यार्थीको अध्ययनमा टेवा पुग्ने तथा खेलकुद सामग्री र दराजले विद्यालयको खेलकुद गतिविधि एवं प्रशासनिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‎कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिका–६ का वडा अध्यक्ष कमल रावलले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको सहयोग प्रशंसनीय रहेको भन्दै माछापुच्छ्रे बैंकको सम्पूर्ण टोलीलाई धन्यवाद व्यक्त गरे।



‎त्यस्तै, विद्यालयका प्रधानाध्यापक अक्कलबहादुर रावलले बैंकको सहयोगले विद्यालय र विद्यार्थी दुवैलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्दै सहयोगका लागि बैंकप्रति आभार व्यक्त गरे।

‎सामग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष कमल रावल, प्रधानाध्यापक अक्कलबहादुर रावल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरोज रावल, शिक्षक, विद्यार्थी तथा माछापुच्छ्रे बैंक विनायक शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 


ad
  • पहाड खबर

  • २०८३ असार २२ सोमबार