पञ्चदेवल विनायकमा १६औँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, विद्यामन्दिर नमुना मावि प्रथम
यस वर्ष पनि विद्यामन्दिरको दबदबा कायमै
-

-
दिनेश केसी
- २०८२ पौष १४ सोमबार
अछाम । नगरपालिका स्तरीय छनोट प्रतियोगिता अन्तर्गत पञ्चदेवल विनायक नगरपालिकामा सञ्चालित १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।
पौष १० गतेदेखि पञ्चदेवल क्याम्पसको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले जानकारी दिइन्।
प्रतियोगितामा विद्यामन्दिर नमुना माध्यमिक विद्यालयले १० स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित जम्मा १८ पदक जित्दै प्रथम स्थान हासिल गरेको छ।
यस्तै, धनवन्तरी माध्यमिक विद्यालयले ४ स्वर्ण, ५ रजत र २ कास्यसहित कुल ११ पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको छ भने भवानीदेवी माध्यमिक विद्यालयले ३ स्वर्ण, ५ रजत र ४ कास्यसहित १२ पदक प्राप्त गर्दै तृतीय स्थानमा चित्त बुझाएको छ।
मालिका नमुना माद्यामिक विद्यालयले यस वर्ष ३ स्वर्ण २ रजत १ कास्य प्राप्त गरेको छ ।
त्यसैगरी, नवज्योति माध्यमिक विद्यालयले २ स्वर्ण, ६ रजत र ५ कास्यसहित १३ पदक जित्दै प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। अम्बिका माध्यमिक विद्यालयले २ स्वर्ण, २ रजत र ४ कास्यसहित ८ पदक प्राप्त गरेको छ।
प्रतियोगितामा शारदा, जाल्पेश्वरी, मेहन्द्र, चण्डिका, ऋषिकुल र सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि विभिन्न विधामा सहभागिता जनाउँदै पदक जित्न सफल भएका छन्।
नगरपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी आगामी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि पठाइने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डम्बर बहादुर थापाले जानकारी दिए।
स्थानीय तहमा खेलकुदको विकास, विद्यार्थीमा अनुशासन र प्रतिस्पर्धात्मक खेल भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यालयस्तरमै उत्साह र ऊर्जा थपेको सहभागीहरूको भनाइ छ।


-

-
दिनेश केसी
- २०८२ पौष १४ सोमबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने










