पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
-

-
पहाड खबर
- २०८३ असोज १८ आइतबार
अछाम । स्वास्थ्य सेवा प्रदायक तथा सरोकारवालाहरूका लागि जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ।
जर्मन सरकारको सहयोगमा सञ्चालित Community Empowerment through Gender Transformation Project अन्तर्गत सामुदायिक विकास केन्द्र (CDC) डोटीको पहल, जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को आर्थिक सहयोग र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (GIZ) को प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको हो। पञ्चदेवल विनायक नगरपालिकाको समन्वयमा शनिबार र आइतबार नगरपालिकाको सभाहलमा तालिम सञ्चालन भएको थियो।
तालिममा जन–उत्तरदायी नेतृत्व, स्वास्थ्य सुशासन, जवाफदेहिता, प्रभावकारी सञ्चार, सेवाग्राहीमैत्री व्यवहार, निर्णय तथा समस्या समाधान, समन्वय र सहकार्य, स्वास्थ्य सेवा गुणस्तर सुधार तथा समुदायको सहभागिता लगायतका विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो।
तालिमको सहजीकरण केशवराज ओझाले गरेका थिए। कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख, सबै स्वास्थ्य संस्थाका प्रमुख तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
तालिमले स्वास्थ्य सेवा प्रदायक तथा सरोकारवालाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्दै नागरिकलाई थप गुणस्तरीय, प्रभावकारी र जनउत्तरदायी स्वास्थ्य सेवा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
-

-
पहाड खबर
- २०८३ असोज १८ आइतबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने









