ad
समाचार

पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने

  • पहाड खबर

  • २०८३ असोज १७ शनिबार

अछाम । जिल्लाको पञ्चदेवल वसनायक नगरपालिकाका विभिन्न ठाउमा ‘नौलो बाटो’ नामक जनचेतनामूलक सडक नाटक प्रदर्शन हुने भएको छ ।


Advertisement

बालविवाह, छुवाछुत, सामाजिक विभेद र हानिकारक परम्पराविरुद्ध समुदायमा सचेतना फैलाउँदै सकारात्मक सामाजिक परिवर्तनको सन्देश दिन ‘नौलो बाटो’ सडक नाटक प्रदर्शन गर्न लागिएको हो ।

जर्मन सरकारको सहयोगमा सञ्चालित Community Empowerment through Gender Transformation Project अन्तर्गत सामुदायिक विकास केन्द्र (CDC) डोटीको पहल, जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को आर्थिक सहयोग र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (GIZ) को प्राविधिक सहयोगमा र पञ्चदेवल विनायक नगरपालिकाको समन्वय तथा स्थानीय ओटालो थिएटरको आयोजनामा नाटक प्रस्तुत गरिने भएको छ ।

सडक नाटकमार्फत बालविवाह, छुवाछुत, कुरीति, कुसंस्कार, अन्धविश्वास तथा सामाजिक विभेदविरुद्ध आवाज उठाउनुका साथै लैङ्गिक समानता, स्वास्थ्य अधिकार, बाल अधिकार, महिनावारी स्वास्थ्य तथा सरसफाइ, हिंसा र अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) का विषयमा समुदायमा संवाद र सचेतना अभिवृद्धि गरिनेछ।

सडक नाटक असोज १८ गते पञ्चदेपल विनायक नगरपालिकाको वडा नं. ६ तोलीको बसन्ती डाँडा, १९ गते वडा नं. ४ कालिकास्थान र २० गते पञ्चदेवल विनायक नगरपालिकाको प्राङ्गणमा प्रदर्शन गरिनेछ।

सहभागीमूलक शैलीमा प्रस्तुत हुने ‘नौलो बाटो’ ले समुदायमा विद्यमान विभेदपूर्ण सोच र व्यवहार परिवर्तन गर्दै समानता, मानवता र समावेशी समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।

ad
  • पहाड खबर

  • २०८३ असोज १७ शनिबार

सम्बन्धित खबर

↑