पञ्चदेवल विनायक नगरपालिका महिला बालबालीका शाखा प्रमुख शर्माको निधन,नगरपालिका द्वारा शोक व्यक्त
-

-
एल.आर. ढकाल
- २०८० कार्तिक २९ बुधबार
अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा कार्यरत महिला बालबालीका तथा जेष्ठ नागरिक शाखा प्रमुख भावना शर्मामा निधन भएको छ ।
पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ निवासी शर्मा एक्कासी विरामी हुदा आइतबार अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा बुधबार विहान ब्लड हस्पिटल जाउलाखेल ललितपुरमा अकस्मात निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पञ्चदेवल विनायक नगरपालिकामा सहायक महिला विकास निरिक्षक पदमा कार्यरत शर्माको निधन प्रति नगरपालिकाले एक विज्ञप्ति जारि गर्दे शोक व्यक्त गरेको छ ।
नगर प्रमुख अम्बिका चलाउनेद्दारा हस्तक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ निवासी नगरपालिका को महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखको रुपमा कार्यरत सहायक महिला विकास निरिक्षक भावना कुमारी शर्माको यहि कार्तिक २९ गते बिहान ६ बजेर ३० मिनेट जाँदा ब्लड हस्पिटल जावलाखेल ललितपुर मा असामहिक निधन भएको खबरले नगरपालिका परिवार शोकमग्न भएका छौँ । एक होनाहार, इमान्दार राष्ट्रसेवक कर्मचारीको अवशानले यस नगरपालिकालाइ अपूरणीय क्षति भएको छ । यस दुःखको घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दे भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दछौँ, साथै शोकाकुल परिवारजन एवम् आफन्तजनमा धैर्यधारणको शक्ति प्राप्त होस भन्दै समवेदना व्यक्त गर्दछौँ । ’
एक कुशल राष्ट्रसेवक कर्मचारीको अवशानले पञ्चदेवल विनायक नगरपालिका नै शोकमग्न भएको छ । शर्माका श्रिमान र ३ बर्षका एक छोरा छन् । उनको यहि मंसिर १ गते कर्णाली नदिको बेलखेतमा दाहसंस्कार गरिने पनि पारिवारिक श्रोतले जनाएको छ ।
-

-
एल.आर. ढकाल
- २०८० कार्तिक २९ बुधबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने












