लोक सेवा आयोगले माग्यो प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी
-

-
पहाड खबर
- २०८० मङ्सिर १ शुक्रबार
काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी माग गरेको छ।
शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।
आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो।
उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिइसक्न आयोगले आह्वान गरेको छ।
दरखास्त शुल्क १ हजार २ सय र एकै समूह/उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ।
आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सक्नेछन्।



-

-
पहाड खबर
- २०८० मङ्सिर १ शुक्रबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने












