कर्णाली नदीमा बेपत्ता बालिकाको खोजीमा गोताखोर टोली परिचालन
-

-
पहाड खबर
- २०८३ कार्तिक १ आइतबार
विनायक । गएको बिहिबार पञ्चदेवल विनायक नगरपालिका–४ स्थित टोट्केसाल बाट कर्णाली नदीमा बगेर बेपत्ता भएकी १२ वर्षीया ममता शाहीको खोजीका लागि १४ जना सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ।
मङ्गलसेन नगरपालिका–७ निवासी १२ वर्षीया ममता बिहीबार कर्णाली नदीमा नुहाउन पस्दा अचानक नदीले बगाएर बेपत्ता भएकी हुन्।
स्थानिय र प्रहरीले खोजी गर्दा नभेटेपछि सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षक (प्रनानी) चेतन रास्कोटीको कमाण्डमा १४ जनाको गोताखोर टोली खटाइएको छ। उक्त टोलीमा नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतका ७ जना र नम्बर ४९ गुल्म अछामका ७ जना गरी कुल १४ जना सशस्त्र प्रहरी संलग्न रहेका छन्।
घटनाका वेला ममतासँगै नदीमा बगेका अन्य दुई बालिका भावना शाही र निर्मला शाहीलाई भने स्थानीयवासी कुमार विष्टले तत्कालै साहसिक रूपमा सकुशल उद्धार गरेका थिए।
सशस्त्र प्रहरीको गोताखोर टोलीले टोट्केसाल तथा कर्णाली नदीको तल्लो तटीय क्षेत्रका गहिरा र शंकास्पद स्थानहरूमा टोली परिचालन गरी गहन रूपमा खोजी गर्ने बताईएको छ ।
-

-
पहाड खबर
- २०८३ कार्तिक १ आइतबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








