आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मङ्लसेनमा बक्तृत्वकला हुने
-

-
पहाड खबर
- २०८३ श्रावण २७ बुधबार
मङ्गलसेन । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्त्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र संघको आह्वानमा १२ अगस्तमा दिन यो दिवस मनाइँदै आएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवाकेन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ ।
यस्तै, साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवामैत्री शासन प्रवर्द्धन गर्ने सहयोग गर्ने, युवाकेन्द्रित सरकारी, गैरसरकारी, निजी संस्था/निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ ।
यसैबिच अछाम सदरमुकाम मङ्गलसेनमा परिवर्तनका सम्बाहक युवा बिषयमा बक्तृत्वकला प्रतियोगिताको आयोजना भएको छ । जिल्ला युवा सन्जाल अछामको आयोजनामा उक्त प्रतियोगिता सन्चालन हुने अध्यक्ष कमल रावलले जानकारी दिए ।
-

-
पहाड खबर
- २०८३ श्रावण २७ बुधबार
अपडेट
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मङ्लसेनमा बक्तृत्वकला हुने
कमलबजार नगरपालिकामा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न
पञ्चदेवल विनायकमा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी परिचयात्मक बैठक सम्पन्न
नागरिक आवाज तथा कर्तव्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम कुइकामा सम्पन्न
पञ्चदेवल विनायक–६ तोलीमा नागरिक आवाज तथा कर्तव्य समिति गठन








