पञ्चदेवल विनायकमा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी परिचयात्मक बैठक सम्पन्न
-

-
पहाड खबर
- २०८३ श्रावण ६ बुधबार
अछाम । पञ्चदेवल विनायक नगरपालिकामा नागरिक आवाज र कर्तव्य (Citizen Voice and Action–CVA) सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न भएको छ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल र आस्था नेपालको साझेदारी तथा पञ्चदेवल विनायक नगरपालिकाको समन्वयमा सञ्चालित हातेमालो बालकल्याण परियोजना अन्तर्गत आयोजित बैठकको अध्यक्षता नगर उपप्रमुख हर्क बहादुर रावलले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख रावलले नागरिक आवाज र कर्तव्य (CVA) नागरिक सहभागिता अभिवृद्धि गर्ने प्रभावकारी प्रयास भएको बताउनुभयो। उहाँले नागरिकलाई आफ्ना अधिकारबारे सचेत गराउनुका साथै कर्तव्यप्रति पनि जिम्मेवार बनाउने विश्वास व्यक्त गर्दै स्थानीय सरकार र नागरिकबीचको सहकार्य, पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रवर्द्धनमा CVA ले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
बैठकमा नागरिक आवाज र कर्तव्य (CVA) को अवधारणा, उद्देश्य, सञ्चालन प्रक्रिया, स्थानीय तहमा यसको आवश्यकता तथा सेवा प्रवाहलाई नागरिकमैत्री र उत्तरदायी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय सरकारबाट प्रवाह हुने सेवाको गुणस्तर सुधार, नागरिकको सक्रिय सहभागिता, सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोग तथा बाल अधिकार संरक्षणमा CVA प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरेका थिए।
नागरिक आवाज र कर्तव्य (CVA) वल्र्ड भिजनद्वारा विभिन्न देशमा अभ्यास गरिएको सामाजिक जवाफदेहिता प्रवर्द्धन गर्ने एउटा नागरिक सहभागितामूलक कार्यक्रम हो । यस प्रक्रियामार्फत नागरिक र सेवा प्रदायकबीच नियमित संवाद, साझा समस्या पहिचान, समाधानका लागि संयुक्त कार्ययोजना निर्माण तथा कार्यान्वयनको अनुगमन गरिन्छ। यसले स्थानीय तहमा पारदर्शिता, उत्तरदायित्व र नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरू, बाल सञ्जालका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण आस्था नेपालका लोगराज ढकाल र नम बहादुर विष्टले गर्नुभएको थियो भने सञ्चालन खगेन्द्र बडुवालले गर्नुभएको थियो।

-

-
पहाड खबर
- २०८३ श्रावण ६ बुधबार
अपडेट
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मङ्लसेनमा बक्तृत्वकला हुने
कमलबजार नगरपालिकामा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न
पञ्चदेवल विनायकमा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी परिचयात्मक बैठक सम्पन्न
नागरिक आवाज तथा कर्तव्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम कुइकामा सम्पन्न
पञ्चदेवल विनायक–६ तोलीमा नागरिक आवाज तथा कर्तव्य समिति गठन












