जाँदाजाँदै अछामबारे के भने डीएसपी खनालले ?
-

-
पहाड खबर
- २०८३ श्रावण १८ सोमबार
अछाम — अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले अछामबारे बाहिर बनाइएको धारणा र वास्तविकता फरक रहेको बताएका छन्।
प्रहरी संगठनभित्र अछामलाई सुरक्षा चुनौती भएको जिल्लाका रूपमा चित्रण गरिए पनि आफ्नो एक वर्षको अनुभवले अछाम शान्त र सहयोगी जिल्ला रहेको निष्कर्षमा पुगेको उनले बताए।
एक वर्षअघि अछाम प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका खनालले आइतबार आयोजित पत्रकार भेटघाटमा आफ्नो कार्यकालको प्रगति सार्वजनिक गर्दै अछामबारेको अनुभव सुनाएका हुन्।
"अछाम सुन्नमा जस्तो सुनिन्छ, त्यस्तो छैन," उनले भने। उनका अनुसार प्रहरी संगठनभित्र अछाममा काम गर्न निकै असहज हुने, राजनीतिक दलका नेताहरूले प्रहरीको काममा अत्यधिक हस्तक्षेप गर्ने र सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण हुने भन्ने बुझाइ रहे पनि व्यवहारमा त्यस्तो अवस्था नभेटिएको उनले बताए।
डीएसपी खनालका अनुसार आर्थिक वर्षको पछिल्लो एक वर्षमा अछाममा १ सय ४१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये सामाजिक अपराधका ३३, ज्यान सम्बन्धी २९, महिला तथा बालबालिका सम्बन्धी २७, आत्महत्या सम्बन्धी २४, आर्थिक अपराधका ८, सवारी ज्यानका ४, चोरी सम्बन्धी ३ र अन्य २९ वटा मुद्दा दर्ता भएका छन्।
त्यसैगरी, गत एक वर्षमा जिल्ला प्रहरी कार्यालय अछामले ३ हजार १ सय १० जनालाई विभिन्न प्रहरी सेवा प्रदान गरेको जानकारी उनले दिए।
यसैबीच, डीएसपी खनालको धनुषा जिल्ला सरुवा भएको छ। उनको स्थानमा डीएसपी पबिन्द्र बम बुधबार अछाम प्रहरी प्रमुखका रूपमा हाजिर हुँदैछन्।
-

-
पहाड खबर
- २०८३ श्रावण १८ सोमबार
अपडेट
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मङ्लसेनमा बक्तृत्वकला हुने
कमलबजार नगरपालिकामा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न
पञ्चदेवल विनायकमा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी परिचयात्मक बैठक सम्पन्न
नागरिक आवाज तथा कर्तव्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम कुइकामा सम्पन्न
पञ्चदेवल विनायक–६ तोलीमा नागरिक आवाज तथा कर्तव्य समिति गठन








