पालिकाभरि स्वास्थ्य शिविरको तयारी गर्न स्वास्थ्यकर्मी लाई नगर प्रमुखकाे निर्देशन
पञ्चदेवल विनायक नगरपालिकाकाे स्वास्थ्य क्षेत्र काे अर्धवार्षिक समीक्षा बैठक सम्पन्न
-

-
पहाड खबर
- २०८३ बैशाख १० बिहीबार
अछाम । पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले पालिकाभरि विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरिने घोषणा गरेकी छन्।
पालिका स्तरीय स्वास्थ्य क्षेत्रको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रलाई अत्यन्त संवेदनशील मान्दै नगरपालिकाले यस क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेको बताइन्।
उनले निकट भविष्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिँदै त्यसका लागि सम्पूर्ण स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिइन्।
कार्यक्रममा नगर प्रमुख चलाउनेले स्वास्थ्यकर्मीहरूको व्यवहारप्रति जनस्तरबाट गुनासो आउने गरेको उल्लेख गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन आग्रह गरिन्।
उनले जिल्लाभरका अन्य स्थानीय तहको तुलनामा पञ्चदेवल विनायक नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा अग्रणी रहेको दाबी समेत गरिन्।
दुई दिनसम्म सञ्चालन भएको उक्त समीक्षा कार्यक्रम बुधबारदेखि सुरु भई बिहीबार नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो।
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति समीक्षा, सेवा प्रवाहको प्रस्तुतीकरण तथा छलफल कार्यक्रमको मुख्य आकर्षण रहेको थियो।
पालिकाभरिका स्वास्थ्य संस्था, आयुर्वेद सेवा केन्द्र, RUSG कार्यक्रम तथा आँखा उपचार केन्द्रले प्रदान गरेका सेवाहरूको समीक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख जनक बहादुर बुढाले जानकारी दिए।
कार्यक्रममा स्वास्थ्य सेवा सुधार, पहुँच विस्तार र गुणस्तर अभिवृद्धि गर्ने विषयमा व्यापक छलफल समेत भएको थियो।



-

-
पहाड खबर
- २०८३ बैशाख १० बिहीबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








