ad

१६औँ राष्ट्रपति रनिङ शिल्ड साँफेबगरकाे कब्जामा, १६ स्वर्ण सहित च्याम्पियन

पञ्चदेवल विनायकमा भव्य समापन

  • दिनेश केसी

  • २०८२ माघ १८ आइतबार

अछाम । अछामको १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि साँफेबगर नगरपालिकाले हात पारेको छ।
‎
‎जिल्ला खेलकुद समिति अछामको आयोजना तथा पञ्चदेवल विनायक नगरपालिकाको सह–आयोजनामा माघ १५ गतेदेखि पञ्चदेवल क्याम्पसको खेलमैदानमा सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो।
‎
‎कुल १६ स्वर्ण, ५ रजत र ७ कास्य पदक जित्दै साँफेबगर नगरपालिकाले यस वर्षको शिल्ड आफ्नो नाममा पार्दै प्रथम स्थान हासिल गर्‍यो।
‎
‎८ स्वर्ण, १३ रजत र ३ कास्य सहित मङ्गलसेन नगरपालिका द्वितीय हुँदा आयोजक पञ्चदेवल विनायक नगरपालिका ५ स्वर्ण, ६ रजत र ६ कास्य सहित तृतीय स्थानमा रह्यो।
‎यस्तै, रामारोशन गाउँपालिकाले ३ स्वर्ण, १ रजत र २ कास्य तथा कमलबजार नगरपालिकाले ३ स्वर्ण र ३ कास्य पदक जितेका छन्।
‎
‎चौरपाटी गाउँपालिकाले २ स्वर्ण, ३ रजत र २ कास्य, तुर्माखाँद गाउँपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य, ढकारी गाउँपालिकाले १ रजत र २ कास्य तथा मेल्लेख गाउँपालिकाले २ रजत र १ कास्य पदक हात पारेका छन्।
‎बान्निगढी जयगढ गाउँपालिकाले भने यस पटक कुनै पदक जित्न सकेन।
‎
‎समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टोलीलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गर्दै सम्मान गरिएको थियो।
‎
‎जिल्ला खेलकुद समिति अछामका अध्यक्ष केशर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउने प्रमुख अतिथिका रूपमा सहभागी भई विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरिन्।
‎
‎कार्यक्रममा बोल्दै प्रमुख अतिथि चलाउनेले खेलकुदले युवाहरूको शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै अनुशासन, मेहनत र समर्पणले सफलता हासिल गर्न सकिने धारणा व्यक्त गरिन्। उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लामा लुकेका प्रतिभाहरू उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिन्।
‎
‎यसै गरी अध्यक्ष खड्काले खेलाडीहरूको लगनशीलता र प्रतिस्पर्धात्मक भावनाको प्रशंसा गर्दै आगामी दिनमा खेलकुद क्षेत्रको थप विकास र विस्तारका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।


Advertisement

ad
  • दिनेश केसी

  • २०८२ माघ १८ आइतबार

सम्बन्धित खबर

↑