मौसमका कारण १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटन १५ गते लाइ सारियो
-

-
दिनेश केसी
- २०८२ माघ १४ बुधबार
विनायक,अछाम । पञ्चदेवल विनायक नगरपालिका अछाममा १४ गते आज बाट सञ्चालन हुने १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन १५ गते हुने भएको छ ।
पञ्चदेवल विनायक नगरपालिका, जिल्ला खेलकुद विकास समिति अछाम, जिल्लास्थित सम्पूर्ण खेल प्रशिक्षक तथा सरोकारवाला बीच भएको छलफलपछि १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोह माघ १५ गते गर्ने निर्णय गरिएको छ।
जिल्ला खेलकुद विकास समिति अछामका अध्यक्ष केशर खड्काको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यसअघि माघ १४ गतेका लागि तय गरिएको उद्घाटन कार्यक्रम मौसम प्रतिकूल देखिएकाले १५ गतेका लागि सार्ने निर्णय गरेको हो।
पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेका अनुसार प्रतिकूल मौसमका कारण निर्धारित समयमा उद्घाटन समारोह सम्पन्न गर्न कठिन हुने देखिएपछि मिति परिवर्तन गरिएको हो।
मौसमका कारण खेल गतिविधिहरू प्रभावित हुने सम्भावनालाई मध्यनजर गर्दै खेलकुद विकास समिति अछाम र पञ्चदेवल विनायक नगरपालिकाले समयमै उद्घाटन गर्न नसकिएको प्रति सहभागी खेलाडी, प्रशिक्षक तथा दर्शकहरूसमक्ष क्षमा मागेका छन्।
१६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोह माघ १५ गते पञ्चदेवल विनायक नगरपालिकाकाे पञ्चदेवल क्याम्पसकाे खेलमैदानमा हुने जनाइएको छ।

-

-
दिनेश केसी
- २०८२ माघ १४ बुधबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने










