दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि २६ मध्ये ८ कम्पनी सम्पर्कमा, युट्युब अझै मौन
-

-
पहाड खबर
- २०८२ भदौ २० शुक्रबार
काठ्माण्डौँ । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि २६ मध्ये ८ वटा कम्पनी सम्पर्कमा आएका छन् ।
बिहीबारको सरकारी निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालहरु निष्कृय बनाउन इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेपछि ८ वटा कम्पनी सरकारको सम्पर्कमा आएका हुन् ।
बिहीबार नै फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको सञ्चालक कम्पनी मेटाले सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको थियो । यस्तै हाम्रो पात्रोले पनि बिहीबार नै दर्ता प्रक्रिया सुरु गरेको छ ।
अर्बपति एलन मस्कको ट्वीटर (एक्स) पनि शुक्रबार दर्ता प्रक्रियामा आएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार, चिनियाँ सामाजिक सञ्जाल कम्पनी वी च्याट पनि सम्पर्कमा आएको छ ।
यसैबीच, नेपालमा अत्यधिक प्रयोगमा रहेको युट्युब अझै सम्पर्कमा आएको छैन । प्रवक्ता ठाकुरले निष्कृय बनाउने प्रक्रिया सुरु भएकाले अब पनि सम्पर्कमा नआउने सबै सामाजिक सञ्जालहरु बन्द हुने बताए ।
स्न्याप च्याट, लिंक्ड इन, क्लब हाउस, इमो, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, जालो र सोल सम्पर्कमा आएका छैनन् ।
-

-
पहाड खबर
- २०८२ भदौ २० शुक्रबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने










