पहाड खबर समाचार प्रभाव: आलिटोलका छाउगोठ भत्काइए
-

-
रमेश रावत
- २०८२ भदौ १५ आइतबार
अछाम प्रहरीले पन्चदेवल विनायक नगरपालिका ५ आलि टोलमा छाउगोठ भत्काएको छ ।
आइतबार इलाका प्रहरी कार्यालय विनायकका इन्चार्ज प्रनानी जगत बोहराको नेतृत्वमा गएको प्रहरी टोलिले ७ वटा छाउगोठ भत्काएको हो ।
Advertisement
आलि टोलमा पछिल्लो समय छाउगोठ पुनः निर्माण गरिएका थिए । छाउगोठ निर्माण भएको र नियामक निकायले भत्काउने काममा बेवास्ता गरेको समाचार शुक्रवार पहाड खबरले प्रकाशित गरेको थियो ।
समाचार प्रकाशन पश्चात् प्रहरीले एक्सन लिएको छ । आज भएको छाउगोठ भत्काउने काममा पन्चदेवल विनायकका कर्मचारी समेत सहभागी थिए ।
हेर्नुहोस पहाडखबरमा प्रकाशित समाचार
यसैबिच अछामको पन्चदेवल विनायक नगरपालिका,बान्निगढी जयगढ गाउँपालिका र तुर्माखाद गाउँपालिकाका विभिन्न वडामा ४६ वटा छाउगोठ भत्काईएको अछाम प्रहरीले बताएको छ ।
-

-
रमेश रावत
- २०८२ भदौ १५ आइतबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने










