एनआरएल परियोजनाको प्रगति समीक्षा सम्पन्न
-

-
पहाड खबर
- २०८२ असार १ आइतबार
अछाम । पञ्चदेवल विनायक नगरपालिकामा वल्डभिजन नेपाल र वाक नेपालद्वारा सञ्चालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण (आईएनआरएल) परियोजनाको प्रगति समीक्षा गरिएको छ ।
पछिल्लो ८ महिनामा गरिएका क्रियाकलापहरूको समीक्षा गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । वाक नेपालका कार्यसमिति सचिव सुरत बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख अम्बिका चलाउने प्रमुख अतिथि रहनु भएको हो ।
परियोजनाले पञ्चदेवल विनायक नगरपालिकाको ३४ वटा विद्यालयका विद्यार्थिहरुको स्वास्थ्य परीक्षण, ७ वटा कृषक समूहमा विभिन्न कृषि प्रविधिका विषयमा कक्षा सञ्चालन, ६ वटा जलवायुमैत्री कृषक पाठशाला सञ्चालन,विभिन्न कृषि सामाग्री वितरण गरिएको छ । यस्तै २८ वटा समूहहरूलाई पञ्चदेवल विनायक नगरपालिकामा दर्ता गर्न सहयोग गरिएको परियोजनाका अधिकृत आरती कुँवरले जानकारी दिइन ।
कार्यक्रममा सहभागी पञ्चदेवल विनायक नगरपालिकाका वडाअध्यक्षहरु र शाखा प्रमुखहरूले परियोजनाबाट नागरिकहरूले लाभ लिइरहेको बताए । परियोजनाले समुदायमा परिवर्तन आएको उनीहरूको भनाई थियो ।
कार्यक्रममा नगरप्रमुख चलाउनेले परियोजनाका कार्यक्रमहरू थप प्रभावकारी बनाउन पर्ने बताउँदै, सम्पन्न भएका क्रियाकलापले समुदायमा सकारात्मक सन्देश दिएको बताइन । समुदायमा तरकारी अनिवार्य पाक्ने परिस्थिति बन्नुमा सरकारी र गैरसरकारी क्षेत्रको सफलता भएको उनको भनाई थियो । वाक नेपालले समुदायमा पारदर्शिताका क्षेत्रमा राम्रो अभ्यास गरेको बताउँदै वाक नेपालले सञ्चालन गर्ने कार्यक्रममा नगरपालिकाले साझेदारी गरिरहेको भनाई राखिन ।
-

-
पहाड खबर
- २०८२ असार १ आइतबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








