समानुपातिकको बन्द सूची परिमार्जन हुन्छ : गगन थापा
-
पहाडखबर
- २०७९ असोज १३ बिहीबार
१३ असोज, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने बताएका छन्।
Advertisement
३ असोजमा पार्टीले बुझाएको नामावलीप्रति डा. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित पार्टीको कार्यक्रममा उनले असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने बताएका हुन् ।
माग सम्बोधन हुने गरी नयाँ सूची तय हुने थापाले आश्वासन दिएका कार्यक्रममा सहभागी एक नेताले बताए । उनका अनुसार गठबन्धनका दलहरु बीच क्षेत्रको तालमेल तथा सिट संख्याबारे भने थापाले बोलेनन् ।
समानुपातिकको बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै शेखर पक्षले मंगलबार पार्टी कार्यालयमा धर्नासमेत दिएको थियो ।
-
पहाडखबर
- २०७९ असोज १३ बिहीबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने












