ad

‎नव निर्वाचित केन्द्रीय सदस्य अम्बिका चलाउने लाई गृह पालिकामा भव्य स्वागत

  • दिनेश केसी

  • २०८३ असोज ३० शुक्रबार

अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशन बाट निर्वाचित केन्द्रीय सदस्य अम्बिका चलाउनेलाई गृह जिल्ला अछाम (क्षेत्र नं. २) मा भव्य स्वागत गरिएको छ।
‎
‎​सुदूरपश्चिम प्रदेश भूगोल तर्फ बाट उम्मेदवारी दिएकी पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख समेत रहेकी चलाउनेले अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजय हासिल गरेकी थिइन्।
‎
‎​विजयी भई गृह जिल्ला फर्किएकी चलाउनेलाई १५औँ महाधिवेशन बाटै नव निर्वाचित पञ्चदेवल विनायक नगर कार्यसमिति सभापति कमल रावलको नेतृत्वमा सुदूरपश्चिमको प्रवेशद्वार बेलखेतमै पुगेर भव्य स्वागत गरिएको हो। स्वागतका लागि झण्डै ५० वटा मोटरसाइकल सहित १ सय भन्दा बढी युवाहरूको टोली बेलखेत पुगेको थियो। नगर सभापति रावलको नेतृत्वमा निकालिएको स्वागत र्यालीका साथ उनलाई गृह पालिका प्रवेश गराइएको छ।
‎
‎​स्वागत कार्यक्रममा बोल्दै नव निर्वाचित केन्द्रीय सदस्य चलाउने भावुक बनेकी थिइन्। उनले सम्पूर्ण अछाम बासीलाई सम्झँदै हार्दिक धन्यवाद ज्ञापन गरिन्।
‎
‎​आफ्नो कार्यकालमा अछामी जनताको शिर निहुरिने गरी कुनै पनि गलत काम नगर्ने प्रतिबद्धता जनाउँदै चलाउनेले भनिन्, "आगामी दिनमा सबैको आशीर्वाद र माया पाउने आशा राखेकी छु। पार्टी सङ्गठनलाई अझ मजबुत र सुदृढ बनाउन म निरन्तर लागिपर्ने छु।"


Advertisement

ad
  • दिनेश केसी

  • २०८३ असोज ३० शुक्रबार
↑