लयाँटीमा मैपति दमाई सर्वसम्मत वडा सभापति निर्वाचित
-

-
पहाड खबर
- २०८३ असोज ४ आइतबार
अछाम । नेपाली कांग्रेस पञ्चदेवल विनायक नगरपालिका–५, लयाँटीको वडा अधिवेशनबाट मैपति दमाई सर्वसम्मत वडा सभापतिमा निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न वडा अधिवेशनले लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका दमाई लाई सर्वसम्मत रूपमा वडा सभापतिको जिम्मेवारी दिएको हो।
उर्जाशील समय देखि नै नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आएका दमाईले लामो समय पार्टीमा समर्पित भएर काम गरेका छन्।
अधिवेशनबाट उपसभापतिमा इन्द्र बहादुर शाही र लक्ष्मी शाही तथा सचिवमा एकेन्द्र बहादुर बुढा चयन भएका छन्। वडा कार्यसमिति १९ सदस्यीय रहेको जनाइएको छ।
वडा अधिवेशनको उद्घाटन तथा समापन कार्यक्रममा कांग्रेसका स्थानीय नेता, क्रियाशील सदस्य, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
अधिवेशनले वडा तहमा नयाँ नेतृत्व चयनसँगै आगामी महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिसमेत चयन गर्ने प्रक्रिया अघि बढाएको छ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशन अन्तर्गत देशभर वडा तहको अधिवेशन अघि बढाएको हो। संशोधित निर्वाचन कार्यतालिका अनुसार असोज ३ र ४ गते देशभरका ६ हजार ७ सय ४३ वटै गाउँ–नगर वडा अधिवेशन गर्ने, वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि छनोट गर्ने कार्यक्रम तय गरिएको थियो।
केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गते ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको छ भने बाँकी वडामा असोज ४ गते अधिवेशन भइरहेको छ।

-

-
पहाड खबर
- २०८३ असोज ४ आइतबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








