बिद्यामन्दिरमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया फेरि अनिश्चित
-

-
पहाड खबर
- २०८३ असोज ३ शनिबार
अछाम । पञ्चदेवल विनायक नगरपालिका–३ स्थित विद्यामन्दिर नमुना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया फेरि अनिश्चित बनेको छ ।
विद्यालयमा अभिभावकले शुक्रबार तालाबन्दी गरेपछि व्यवस्थापन समिति गठनका लागि बिहीबार बोलाइएको बैठकमा समितिका तीन सदस्यले राजीनामा दिएपछि गठन प्रक्रिया थप अन्योलमा परेको हो ।
समितिका सदस्यहरू रणबहादुर कडायत, सुरेन्द्रकुमार शाही र शरला ढकालले बैठकमा राजीनामा दिएपछि नयाँ व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया अघि बढ्न नसकेको जनाइएको छ ।
विद्यालय व्यवस्थापन समिति गठनका लागि शनिबार बिहान बोलाइएको बैठकको अध्यक्षता समितिका ज्येष्ठ सदस्य तथा पञ्चदेवल विनायक नगरपालिका–३ का वडाध्यक्ष बजिर शाहीले गरेका थिए ।
विद्यालय विगत आठ महिनादेखि व्यवस्थापन समितिविहीन रहेको छ । लामो समयदेखि समिति गठन हुन नसकेपछि अभिभावक तथा सरोकारवालाबीच असन्तुष्टि बढ्दै गएको थियो ।
बिहिबार अभिभावकहरूले विद्यालयमा तालाबन्दी गरेपछि समिति गठनका लागि प्रक्रिया अघि बढाउने प्रयास गरिएको थियो । तर बैठकमा तीन सदस्यले राजीनामा दिएपछि व्यवस्थापन समिति गठनको प्रक्रिया पुनः रोकिएको हो ।
विद्यालय व्यवस्थापन समिति गठनमा देखिएको विवादका कारण विद्यालयको नियमित प्रशासनिक तथा शैक्षिक व्यवस्थापनमा समेत असर पर्न सक्ने भन्दै अभिभावक तथा सरोकारवालाले तत्काल सहमतिको वातावरण बनाउनुपर्ने बताएका छन् ।
-

-
पहाड खबर
- २०८३ असोज ३ शनिबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








