ad

राप्रपा अछामको अध्यक्षमा पुनः मीनबहादुर शाही सर्वसम्मत

  • पहाड खबर

  • २०८३ असोज १ बिहीबार

 


Advertisement

​मंगलसेन (अछाम): राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अछामको ८औं जिल्ला अधिवेशनबाट मीनबहादुर शाही पुनः सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका छन । यो जितसँगै शाहीले तेस्रो कार्यकालका लागि राप्रपा अछामको नेतृत्व सम्हालेका हुन ।

​निर्वाचन समितिका अध्यक्ष तेजबहादुर विष्टले अध्यक्ष पदमा शाहीलाई  सर्वसम्मत निर्वाचित भएको घोषणा गरे।

​नवनिर्वाचित अध्यक्ष शाहीले पार्टीलाई जिल्लामा अझ सुदृढ, संगठित र सशक्त बनाएर लैजाने प्रतिबद्धता जनाएका छन । अधिवेशनबाट जिल्ला कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको समेत चयन प्रक्रिया सम्पन्न गरिएको छ।

ad
  • पहाड खबर

  • २०८३ असोज १ बिहीबार
↑