महाधिवेशन केन्द्रित छलफल गर्दै कांग्रेस अछामको बैठक सम्पन्न
-

-
पहाड खबर
- २०८३ भदौ ३१ बुधबार
अछाम — नेपाली कांग्रेस अछाम जिल्ला कार्यसमितिको बैठक आगामी १५औँ महाधिवेशनलाई केन्द्रित गर्दै विभिन्न विषयमा छलफल तथा निर्णय गर्दै सम्पन्न भएको छ।
जिल्ला सभापति पुष्पबहादुर शाहको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकी सहमहामन्त्री अम्बिका चलाउने प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। बैठकमा आगामी महाधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा पार्टीका समसामयिक गतिविधिका विषयमा छलफल भएको थियो।
बैठकले आगामी १५औँ महाधिवेशनलाई पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उत्सवका रूपमा मनाउने वातावरण निर्माण गर्न सबैलाई अपिल गर्ने निर्णय गरेको छ। महाधिवेशनलाई संगठनको आन्तरिक लोकतन्त्र, एकता र उत्साहको पर्वका रूपमा अघि बढाउन जिल्लादेखि वडा तहसम्मका कार्यकर्तालाई सक्रिय बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
त्यस्तै, भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सहयोग उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। त्यसका लागि पार्टीको केन्द्रीय तहमा आर्थिक सहयोग पठाउने निर्णय गरिएको जिल्ला कार्यसमितिले जनाएको छ।
बैठकमा पार्टी संगठनलाई थप प्रभावकारी बनाउने, कार्यकर्ताबीचको समन्वय र एकतालाई बलियो बनाउने तथा आगामी महाधिवेशनलाई व्यवस्थित र सहभागितामूलक बनाउन आवश्यक तयारी अघि बढाउने विषयमा समेत छलफल भएको थियो।
बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, विभिन्न तहका पार्टी प्रतिनिधि तथा नेताहरूको सहभागिता रहेको थियो।
-

-
पहाड खबर
- २०८३ भदौ ३१ बुधबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








