ad

१५ औँ महाधिवेशन तयारीका लागि कांग्रेस पञ्चदेवल विनायक नगरकार्यसमितिको बैठक सम्पन्न

  • पहाड खबर

  • २०८३ भदौ २७ शनिबार

अछाम — नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीका लागि नेपाली कांग्रेस पञ्चदेवल विनायक नगरकार्यसमितिको बैठक सम्पन्न भएको छ।
नगरकार्यसमितिका कार्यवाहक सभापति बलराम बिष्टको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकी सहमहामन्त्री अम्बिका चलाउने प्रमुख अतिथि तथा महासमिति सदस्य सुरतबहादुर बिष्ट विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि चलाउनेसहितका वक्ताहरूले आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले कांग्रेसभित्र देखिएका मतभेदलाई व्यवस्थापन गर्दै पार्टी एकढिक्का भएर अघि बढ्ने विश्वास व्यक्त गरे।
वक्ताहरूले वडा तहदेखि नै सक्षम, इमानदार र संगठनलाई बलियो बनाउन सक्ने नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आगामी वडा अधिवेशनबाट कांग्रेसलाई थप मजबुत बनाउने नेतृत्व आउने विश्वास व्यक्त गरेका थिए।
बैठकमा नगरकार्यसमिति तथा वडा तहका नेताहरूको सहभागिता रहेको थियो। बैठकको सञ्चालन नगर सचिव प्रजापति जैसीले गरेका थिए।


Advertisement

ad
  • पहाड खबर

  • २०८३ भदौ २७ शनिबार
↑