ad
समाचार

कमलबजार नगरपालिकामा प्रशासनिक भवनको अभाव,घरभाडाका लागि विभिन्न ९ जना संग सम्झौता

  • पहाड खबर

  • २०८३ जेठ २० बुधबार


अछाम । महालेखा परीक्षकको कार्यालयद्वारा प्रकाशित आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन अनुसार कमलबजार नगरपालिका ले विभिन्न कार्यालय सञ्चालनका लागि घरभाडामा वार्षिक २६ लाख १० हजार ८६२ रुपैयाँ खर्च गरेको पाइएको छ।


Advertisement

प्रतिवेदन अनुसार नगरपालिकाले विभिन्न ९ स्थानमा घरभाडा सम्झौता गरी सेवा सञ्चालन गर्दै आएको छ। सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी घरभाडा सम्झौता गरिएको उल्लेख भए पनि शासकीय भवनको अभावका कारण प्रत्येक वर्ष ठूलो रकम घरभाडामा खर्च हुँदै आएको देखिएको छ।

लेखापरीक्षण प्रतिवेदनले भवन अभावका कारण सेवा प्रवाह प्रभावकारी बन्न नसकेको, विषयगत शाखाहरूबीच समन्वयमा कठिनाइ हुने गरेको तथा सेवाग्राहीले समेत असहजता भोग्नुपरेको औंल्याएको छ।

प्रतिवेदनमा नगरपालिकाले दीर्घकालीन समाधानका रूपमा आफ्नै शासकीय भवन निर्माण गरी प्रशासनिक सेवा एकीकृत र प्रभावकारी बनाउन आवश्यक पहल गर्न सुझाव दिइएको छ।

स्थानीय तहमा भौतिक पूर्वाधारको व्यवस्थापन र प्रशासनिक सेवा सुदृढीकरणका लागि आफ्नै भवन निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ।

ad
  • पहाड खबर

  • २०८३ जेठ २० बुधबार
↑