गाउँपालिका अध्यक्षको फेसबुक शर्त : ५१% ले भ्रष्टाचारी भने तुरुन्त राजीनामा दिने
-

-
दिनेश केसी
- २०८३ बैशाख ९ बुधबार
अछाम । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउदले सामाजिक सञ्जाल फेसबुक मार्फत अनौठो घोषणा गरेका छन्।
उनले ५१ प्रतिशत ढकारीका नागरिकले आफूलाई ‘भ्रष्टाचारी’ भनेर कमेन्ट गरेमा पदबाट राजीनामा दिने बताएका हुन्।
अध्यक्ष साउदले आफ्नो आधिकारिक फेसबुक स्टाटसमा लेख्दै स्थानीय जनताको प्रत्यक्ष प्रतिक्रिया आधार बनाएर निर्णय लिने बताएका छन्। उनले स्पष्ट रूपमा ढकारी गाउँपालिका भित्रका नागरिकलाई मात्र कमेन्ट गर्न आग्रह गर्दै बाहिरी व्यक्तिलाई हस्तक्षेप नगर्न अनुरोध गरेका छन्।
अध्यक्ष साउदले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “सुदन गुरुङले राजीनामा दिए जस्तै म पनि दिने छु। ढकारीका ५१% जनताले त भ्रष्टाचारी होस् राजीनामा दे भन्ने कमेन्टमा भन्नु होला, राजीनामा दिन्छु। ढकारी बाहेक अरुले नबोली दिनु होला, किनकि म ढकारीको अध्यक्ष हुँ।”
उनले आफ्नो निर्णयलाई नेपाल सरकारका तत्कालीन गृहमन्त्री सुदन गुरुङले अपनाएको शैलीसँग तुलना गर्दै सामाजिक सञ्जालमार्फतै जनमत लिने अभ्यासको सन्दर्भ दिएका छन्।
अध्यक्षको यस्तो घोषणापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। कतिपयले यसलाई साहसिक कदम भनेका छन् भने केहीले सामाजिक सञ्जाललाई औपचारिक निर्णयको आधार बनाउनु उपयुक्त नहुने टिप्पणी गरेका छन्।
यस विषयले स्थानीय तहको नेतृत्व, पारदर्शिता र जनउत्तरदायित्वबारे नयाँ बहस सिर्जना गरेको छ।
हेर्नुहाेस अध्यक्ष साउँकाे फेसबुक स्टाटस

-

-
दिनेश केसी
- २०८३ बैशाख ९ बुधबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








