अछाम–२ को मतगणनामा मतपत्रभित्र कण्डम भेटियो
-

-
पहाड खबर
- २०८२ फाल्गुण २२ शुक्रबार
अछाम । अछाम क्षेत्र नम्बर–२ अन्तर्गत मङ्गलसेन नगरपालिकाका केही वडाको मतगणनाका क्रममा अनौठो घटना देखिएको छ। मतगणनाका क्रममा एउटा मतपत्रभित्र कण्डम टासिएको अवस्थामा भेटिएपछि उक्त मतपत्र बदर गरिएको छ।
Advertisement
निर्वाचन अधिकृतका अनुसार मङ्गलसेन नगरपालिका वडा नम्बर ८, ९, १० र ११ को मतगणना गर्दा एउटा मतपत्र सुपर ग्लु प्रयोग गरेर टाँसिएको अवस्थामा फेला परेको थियो। सो मतपत्रको भित्री भागमा कण्डम टासिएको देखिएको बताइएको छ।
उक्त मतपत्रमा भने कुनै पनि चुनाव चिन्हमा छाप लगाइएको थिएन। निर्वाचन नियमअनुसार यस्तो मतपत्रलाई बदर गरिएको जनाइएको छ।
यी वडामा कुल १ हजार २ सय ७ मत खसेको थियाे। हाल ती वडाको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
-

-
पहाड खबर
- २०८२ फाल्गुण २२ शुक्रबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








