ad

‎प्रवासी बचत समूह लयाँटी द्वारा नवज्योति माविका विद्यार्थी तथा शिक्षक सम्मानित

  • दिनेश केसी

  • २०८२ माघ १४ बुधबार

लयाँटी,अछाम । प्रवासी घरदैलो बचत समूह लयाँटी–५, अछामले श्री नवज्योति माध्यमिक विद्यालय, लयाँटीमा अध्ययनरत विद्यार्थी तथा शिक्षक हरूलाई सम्मान तथा खेल सामग्री हस्तान्तरण गरेको छ।

‎पञ्चदेवल विनायक नगरपालिकाको आयोजनामा मिति २०८२ मंसिर १० गते देखि १४ गतेसम्म सञ्चालन भएको १६औँ  राष्ट्रपति रनिङ शिल्ड खेलकुद तथा छनाेट प्रतियोगितामा विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय तथा विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई समूहले खादा सहित प्रमाणपत्र, शैक्षिक सामग्री, भलिबल र नेट प्रदान गर्दै सम्मान गरेको हो।

‎त्यसैगरी, प्रतियोगिताको अवधिभर प्रशिक्षकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शिक्षकहरू लाई खादा र सम्मान पत्रले सम्मान गर्नुका साथै विद्यालयमा अध्ययनरत आमा –बुबा नभएका विद्यार्थी लाई  शैक्षिक सामाग्री वितरण  गरिएको समूहका महासचिव धन बहादुर भुलले जानकारी दिए ।

‎विभिन्न देशमा रहेका लयाँटीका युवाहरूले सामाजिक कार्य का लागि गठन गरेको उक्त समुह लाई नवज्योति माद्यामिक विद्यालयले पनि धन्यवाद ज्ञापन गरेको छ ।

‎कार्यक्रममा बोल्दै प्रवासी बचत समूहका प्रतिनिधिहरूले प्रवासमा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै शिक्षा र खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‎प्रवासमा बसेका लयाँटीका युवाहरूको पहलमा सुरु गरिएको यो अभियानले आगामी दिनमा अझ सशक्त र प्रभावकारी रूपमा निरन्तरता पाउने विश्वास लिइएको छ।


‎कार्यक्रम सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका समूहका महासचिव धनबहादुर भुल प्रति विशेष आभार व्यक्त गरिएको छ।

‎समूहले सम्मानित सबै विद्यार्थी तथा शिक्षकहरूलाई हार्दिक बधाई दिँदै उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गरेको छ।


Advertisement

ad
  • दिनेश केसी

  • २०८२ माघ १४ बुधबार