१६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पञ्चदेवल विनायकमा, सबै तयारी पूरा
-

-
दिनेश केसी
- २०८२ माघ १३ मंगलबार
विनायक,अछाम । १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता पञ्चदेवल विनायक नगरपालिकामा सञ्चालन हुने भएको छ।
प्रतियोगिता अन्तर्गतका खेलहरू पञ्चदेवल विनायक नगरपालिका स्थित पञ्चदेवल क्याम्पसको खेलमैदानमा माघ १४ गतेदेखि आयोजना गरिनेछ।
पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेका अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
यस वर्ष विनायकमा आयोजना हुने जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न स्थानीय सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिने उनले जानकारी दिइन्।
उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका पूर्व सांसद राम बहादुर बिष्ट प्रमुख अतिथिका रूपमा सहभागी रहने नगर प्रमुख चलाउनेले बताइन्।
जिल्ला खेलकुद विकास समिति अछामका अध्यक्ष केसर खड्काका अनुसार जिल्लाका सबै स्थानीय तहबाट खेलाडीहरू प्रतियोगितामा सहभागी हुन क्रमशः विनायक आइपुग्ने क्रम जारी रहेको छ ।
यता, पञ्चदेवल विनायक नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डम्बर बहादुर थापाले प्रतियोगितामा सहभागी खेलाडी तथा अतिथिहरूको आतिथ्य सत्कार र व्यवस्थापनमा कुनै कमी कमजोरी नहोस् भन्ने उद्देश्यले व्यवस्थापन कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए।
-

-
दिनेश केसी
- २०८२ माघ १३ मंगलबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








