ad

जापान बस्ने डबल बिष्टद्वारा अम्बिका माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • पहाड खबर

  • २०८२ पौष ९ बुधबार

अछाम - अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४, चौर बुत्तोला पुर्खौली घर भई टिकापुर कैलाली निवासी तथा हाल जापानमा बसोबास गर्दै आएका डबल बिष्टले अम्बिका माध्यमिक विद्यालयका गरिब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीले २७ हजार ५ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री प्राप्त गरेका हुन्।
विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र बहादुर बिष्टको अध्यक्षता रहेको थियो भने वडा अध्यक्ष हर्क बहादुर बडुवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा कार्यपालिका सदस्य बेला सिजापती, शिक्षक–अभिभावक संघका अध्यक्ष बलराम बिष्ट, पूर्व प्रधानाध्यापक प्रताप बिष्ट लगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रमा गरिएका यस्ता सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप हौसला मिल्ने बताउँदै दाता डबल बिष्टप्रति धन्यवाद व्यक्त गरेका थिए।


Advertisement

ad
  • पहाड खबर

  • २०८२ पौष ९ बुधबार
↑