अछामकाे विनायकमा घुम्ति किम्फ सुदुरपश्चिम यात्रा विशेष कार्यक्रम हुँदै
-

-
पहाड खबर
- २०८२ मङ्सिर १८ बुधबार
अछाम । अछामकाे पञ्चदेवल विनायक नगरपालिकामा घुम्ति किम्फ सुदुरपश्चिम यात्रा २०८२ विशेष कार्यक्रम हुने भएकाे छ ।
सामाजिक दुरव्यवहार न्यूनीकरण, लैङ्गिक हिंसा नियन्त्रण र युवा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सुरु भएको ‘घुम्ति किम्फ सुदुरपश्चिम यात्रा २०८२’ नामक कार्यक्रम र डकुमेन्ट्री प्रर्दशन पश्चिम नेपालका विभिन्न जिल्लामा सञ्चालन भइरहेकाे छ। अभियान मंसिर ८ देखि १९ गतेसम्म कञ्चनपुर, डडेलधुरा, अछाम लगायतका विभिन्न स्थानमा भइरहेको आयोजक किम्फ फाउन्डेसनले जनाएको छ।
अभियान अन्तर्गत छोटाे फिल्म र डकुमेन्ट्री प्रर्दशन कार्यशाला, छलफल र अन्तरक्रिया, मार्फत युवाहरू, महिलाहरू तथा समुदायलाई लैङ्गिक हिंसा विरुद्ध सचेत बनाउने तथा सशक्तिकरण गर्ने लक्ष्य राखिएको छ। अभियानले युवा नेतृत्व विकास, महिला सशक्तिकरण र लैङ्गिक समानताको प्रवर्द्धनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
अछाममा मंसिर १८ गते बिहिबार मालिका माध्यमिक विद्यालय बारला र पञ्चदेवल विनायक नगरपालिकाको कार्यालयमा विशेष प्रदर्शनसहित सञ्चालन हुने जनाइएको छ। त्यस्तै, मंसिर १९ गते शुक्रबार तुर्माखाँदमा पनि अभियान अन्तर्गत फिल्म प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।
किम्फ फाउन्डेसनद्वारा आयोजित अभियान स्वीस डेभलपमेन्ट कोअपरेसन (SDC), GIZ नेपाल, फार वेस्टर्न युनिभर्सिटी (FWU), कैलाली बहुमुखी क्याम्पस (KMC) सहित विभिन्न स्थानीय निकाय, सामाजिक संस्थाहरू र सञ्चार माध्यमकाे सहकार्यमा सञ्चालन भइरहेकाे छ ।
-

-
पहाड खबर
- २०८२ मङ्सिर १८ बुधबार
अपडेट
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मङ्लसेनमा बक्तृत्वकला हुने
कमलबजार नगरपालिकामा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी पालिका स्तरीय परिचयात्मक बैठक सम्पन्न
पञ्चदेवल विनायकमा नागरिक आवाज र कर्तव्य (CVA) सम्बन्धी परिचयात्मक बैठक सम्पन्न
नागरिक आवाज तथा कर्तव्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम कुइकामा सम्पन्न
पञ्चदेवल विनायक–६ तोलीमा नागरिक आवाज तथा कर्तव्य समिति गठन











