ad
समाचार

विपिन जोशी जीवित रहेको भिडिओ सार्वजनिक गरिँदै

  • पहाड खबर

  • २०८२ असोज २२ बुधबार

प्यालेस्टाइनको लडाकू समूह हमासको कब्जामा रहेका नेपालका विपिन जोशी जीवितै रहेको भिडिओ सार्वजनिक गरिने भएको छ। 


Advertisement

इजरायलको अखबार द जेरुसेल पोस्टले हमासले बन्दक बनाएकाहरुको परिवारको फोरमले विपिनको भिडिओ आज साँझ सार्वजनिक गर्ने घोषणा गरेको उल्लेख गरेको छ। 

सार्वजनिक गर्न लागेको भिडिओले विपिन जीवितै रहेको विश्वास दिलाउने जोशी परिवारले बताएको समेत पोस्टले उल्लेख गरेको छ। 

‘गाजाबाट प्राप्त प्रमाणलाई आज हामी तपाईंहरूसँग साझा गर्दैछौँ,’ पोस्टमा जोशी परिवारको भनाइ उल्लेख गर्दै लेखिएको छ, ‘यसले हामीलाई उनी जीवित छन् भन्ने अटल विश्वास दिलाएको छ।’

उक्त भिडिओ इजरायलको गुप्तचर निकायले भेट्टाएको समेत पोस्टले बताएको छ। 

तर, इजरायलका पूर्वप्रवक्ता इलोन लेभीले भने विपिन बन्दक भएको एक महिनापछि हमासले खिचेको भिडिओ इजरायली सेनाले फेला पारेको एक्समा लेखेका छन्। 

विपिन आक्रमण हुनुभन्दा तीन साताअघि मात्र कृषि शिक्षा कार्यक्रमका लागि इजरायल पुगेका थिए।

हमासले सन् २०२३ को ७ अक्टोबरमा आक्रमण गरेर हजारजना भन्दा बढीको हत्या गरेको थियो।

ad
  • पहाड खबर

  • २०८२ असोज २२ बुधबार

सम्बन्धित खबर

↑