पञ्चदेवल विनायकमा रोजगार संवाद मञ्चको समन्वयात्मक बैठक सम्पन्न
आन्तरिक रोजगारीका सम्भावनामाथि गहन छलफल
-

-
पहाड खबर
- २०८२ असार १६ सोमबार
अछाम । पञ्चदेवल विनायक नगरपालिकाकाे स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नका लागि गठन गरिएको रोजगार सम्वाद मञ्च अन्तर्गत समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
नगरपालिकाकाे सभा हलमा साेमवार सम्पन्न बैठकमा नगर उपप्रमुख एवं सम्वाद मञ्चका संयोजक हर्क बहादुर रावलको अध्यक्षतामा सम्पन्न बैठकमा नगरप्रमुख अम्बिका चलाउने, वडा अध्यक्षहरू, सम्बन्धित शाखा प्रमुख, सहकारी संस्था, निजी क्षेत्रका प्रतिनिधि, युवा उद्यमी तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकको प्रमुख उद्देश्य स्थानीय रोजगारी रणनीतिका सन्दर्भमा प्राप्त सुझावहरूको समीक्षा तथा विश्लेषण गर्नु र आन्तरिक रोजगारी सृजनाका सम्भावना तथा अवसरबारे छलफल गर्नु रहेको थियो।
बैठकमा बोल्दै नगरप्रमुख चलाउनेले कृषिक्षेत्रको आधुनिकीकरण गर्नुपर्नेमा जोड दिइन। उनले कृषिमा नयाँ प्रविधि भित्र्याएर युवाहरूलाई आकर्षित गर्ने नीति ल्याउने प्रतिबद्धता व्यक्त गरिन् । साथै, उत्पादनमुखी कृषि तथा नयाँ उद्यमीहरूका लागि प्रविधिमैत्री वातावरण निर्माण गर्न नगरपालिकाले आवश्यक सहकार्य गर्ने बताइन्।
कार्यक्रमको सञ्चालन रोजगार शाखा संयोजक तथा रोजगार संवाद मञ्चका सदस्य सचिव भरतराज अधिकारीले गरेका हुन् ।



-

-
पहाड खबर
- २०८२ असार १६ सोमबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








