घरेलु मदिरा ब्राण्डिङ गर्दै पञ्चदेवल विनायक
-

-
पहाड खबर
- २०८२ असार ७ शनिबार
अछाम । पञ्चदेवल विनायक नगरपालिकाले स्थानीय घरेलु मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । घरेलु मदिरा उत्पादन,नियन्त्रण,व्यवस्थापन तथा नियमन ऐन १४औँ नगर सभाबाट पारित गरेको नगरपालिकाका रोजगार संयोजक भरतराज अधिकारीले जानकारी दिए ।
स्थानीय स्तरमा उत्पादन हुने कोदो,मकै,जौ लगायत अन्य फलफूलको मदिरालाई गुणस्तर मापन गरी ब्रान्डिङ गर्ने गरी ऐन तयार पारी पारित गरिएको हो ।
ऐन नगर सभाबाट पारित भइसकेकाले अब नियमावली र कार्यविधि बनाएर अन्य कार्य अगाडी बढाइने उहाँको भनाइ छ । नगरपालिकाले तयार गरेको ऐन विपरीत घरेलु मदिरा बिक्री वितरण गर्ने र उत्पादन गरे एक लाखसम्म जरिवाना गर्न सक्ने ऐनमा उल्लेख गरिएको छ ।
अहिले पनि गाउँमा घरेलु मदिराका भट्टीहरू चलेको भन्दै तिनीहरूलाई वैधानिक रूपमा दर्ता गरी कानुनी दायरामा ल्याएर साना उद्योगको रूपमा सञ्चालन गर्ने र उनीहरूलाई व्यावसायिक बनाउने नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले बताइन् ।
पालिकाभित्र जनजाति बस्ती धेरै भएको भन्दै जन्म देखि मृत्युसम्मका लागि मदिराको संस्कार पनि रहेकाले यसलाई व्यवस्थापन गर्न ऐन जारी गरिएको उहाँको दाबी छ ।
ऐन लागु भए पश्चात् लुकीछिपी मदिरा बिक्री वितरणमा कमी आउने र दर्ता प्रक्रियामा आएपछि करको दायरा पनि बढ्ने नगर उपप्रमुख हर्क बहादुर रावलले बताए। ऐन कार्यान्वयनमा आउँदा स्थानीय स्तरमा रोजगारी समेत बढ्ने उनको विश्वास छ ।
-

-
पहाड खबर
- २०८२ असार ७ शनिबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








