ad

पञ्चदेवल विनायक नगरपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक

शिक्षामा पहुँच ल्याउन छोरी - बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने

  • दिनेश केसी

  • २०८२ असार ६ शुक्रबार

अछाम । पञ्चदेवल विनायक नगरपालिकाको १४ औँ नगर सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 


Advertisement

नगर प्रमुख अम्बिका  चलाउनेकाे सभाध्यक्ष तामा बसेको नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, महिला सशक्तीकरण, रोजगारी सिर्जना लगायतका बहु आयामिक कार्यक्रमहरू समावेश गरिएका छन्।

नगर सभा असार ६  गते शुक्रवार सम्पन्न भएको हो । कार्यक्रममा उप प्रमुख , वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, पत्रकारको उल्लेखनीय उपस्थिति रहेको थियो।

नीति तथा कार्यक्रममा कृषि,पशुपालन,दिगो रोजगारी र उद्यमशीलता प्रवर्द्धन अभियान, शिक्षामा गुणस्तर सुधार हाम्रो प्रतिबद्धता अभियान, शिक्षामा पहुँच ल्याउन छोरी - बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालन लाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । 

निर्माणाधीन १० शैयाको नगर अस्पताल सञ्चालनमा ल्याइने, नगर प्रमुखसँग ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिनुका साथै म `स्वस्थ मेरो घर टोल स्वस्थ कार्यक्रम सञ्चालन गरिने र पोषण अन्तर्गत एक घर एक करेसाबारीको अभियान मार्फत हरेक सुनौला हजार दिनका घरपरिवारमा अनिवार्य करेसाबारी निर्माण गर्ने नगरपालिकाको कार्यक्रम रहेको छ । 

विभिन्न दातृ निकायहरूको साझेदारीमा आगामी आर्थिक वर्ष २०८२/ ८३ मा थप १ हजार घरधुरीमा बहु उपयोगी खानेपानी निर्माण कार्यलाई अगाडि बढाइने पनि नीति तथा कार्यक्रम मार्फत प्रस्तुत गरिएको छ।

नगरपालिकाले स्थानीय उत्पादन प्रवर्द्धन, पर्यटन विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सुशासन प्रवर्द्धन तथा सूचना प्रविधिको प्रयोग मार्फत पारदर्शी सेवा प्रवाहमा पनि विशेष जोड दिएको छ।

नगर सभा समापन गर्दै नगर प्रमुख चलाउनेले आगामी आर्थिक वर्ष समावेशी, पारदर्शी र जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरिन् । 

ad
  • दिनेश केसी

  • २०८२ असार ६ शुक्रबार
↑