सामाजिक सञ्जालमा ट्रोल बनाइएकोमा वडाध्यक्ष रावलको आपत्ति
-

-
पहाड खबर
- २०८१ माघ १२ शनिबार
विनायक । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता सुरत बहादुर रावलले आफूले एउटा औपचारिक कार्यक्रममा बोलेको कुरालाई तोडमोड गरी सामाजिक सञ्जालमा भाइरल गराइएको प्रति आपत्ति जनाएका छन्।
शुक्रवार पञ्चदेवल विनायक नगरपालिकामा राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिताको समीक्षा कार्यक्रममा बोल्दै उनले केही बम्बईवाला र केही काठमाडौँ बसेका काम नभएकाहरूले सामाजिक सञ्जालमा भ्रम फैलाएको बताएका थिए।
उनले बोलेको कुरालाई सामाजिक सञ्जालमा तोडमोड गरिएको भन्दै आपत्ति जनाइएको हो। उनले पहाड खबरसँगको संक्षिप्त कुराकानीमा बम्बई बस्नेहरूका प्रतिको आफ्नो श्रद्धा जहिले माथि रहेको बताएका छन्।
बम्बई जानु अछामीहरू र पश्चिमेलीहरूको बाध्यता रहेको बताउँदै उनले बम्बई गएर जागिर गर्ने र आफ्नो काममा रहेकाहरूका प्रति आफ्नो भनाई नरहेको स्पष्ट पारेका हुन् ।
उनले यसै प्रसङ्गमा काठमाडौँमा पढाइको सिलसिलामा रहेका,जागिरको सिलसिलामा रहेका र अन्य विभिन्न अध्ययनको सिलसिलामा रहेका विद्यार्थीमाथि आफ्नो भनाइ नरहेको बताउँदै काठमाडौँ बस्ने र विभिन्न बहानामा गाउँ समाजको चिन्ता भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरूप्रति आफ्नो भनाइ रहेको प्रस्ट पारेका छन् ।
हेर्नुहोस् उनको भनाइ जस्ताको त्यस्तै
-

-
पहाड खबर
- २०८१ माघ १२ शनिबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








